Preeti Mandar प्रिती मन्डरको उद्यमशीलता यात्रा

त्रियुगा नगरपालिका –१३, बहेरवनामा बसोबास गर्ने प्रिती मन्डरको जीवन यात्रा एक प्रेरणादायक संघर्षको कथा हो । २०५६ सालमा १ कठ्ठा जमिनमा सानो तरकारी खेतीबाट सुरु भएको उनको व्यवसायिक यात्रा, महुलि लघुवित्त वित्तीय संस्था लि.को साथले एक अद्वितीय उचाइमा पुगेको छ । प्रिती विगत १६ वर्षदेखि महुलि लघुवित्तको गाईघाट शाखा केन्द्र नम्बर १७ की सक्रिय सदस्य रुपमा रहेकी छिन् ।
२०६४ सालमा महुलि लघुवित्तको केन्द्र नम्बर १३ की सदस्य बनेपछि, प्रितीले रु. १०,००० को कर्जा लिएर आफ्नो तरकारी खेतीलाई ३ कठ्ठामा विस्तार गरिन् । महुलि लघुवित्तले निरन्तर सहयोग गर्दै थप कर्जा उपलब्ध गराएपछि प्रितीले आफ्नो व्यवसायलाई अझ ठूलो बनाएर, आफ्नो भविष्यलाई तरकारी व्यवसायमै देख्न थालिन् । यस क्रममा, उनका श्रीमान ओम नारायण चौधरीले सधैं महत्वपूर्ण मेरुदण्डको रुपमा साथ दिइरहे र २०७२ सालमा कानुनी मान्यता प्राप्त इश्वर कृषि तथा पशु फर्म दर्ता गरेर आफ्नो व्यवसायलाई अझ व्यवस्थित बनाउने तर्फ लागीन् ।
प्रितीको मेहनत र लगनशीलता बिभिन्न चरणमा सरकारले समेत पहिचान गर्यो र रु. १००,००० सम्म अनुदान प्राप्त भयो। महुलि लघुबित्तबाट बिना धितो रु. ७,००,००० कर्जा चलाइरहेकी प्रितीले अहिले २ बिगाहा क्षेत्रफलमा विभिन्न मौसमी र बेमौसमी तरकारी खेती गर्दै आइरहेकी छिन् यसबाट उत्पादित सबै तरकारी गाईघाट बजारमा बिक्री हुन्छ ।
तरकारी खेतीबाट आर्जित आम्दानीले प्रितीले आफ्नो छोरीलाई विराटनगरमा सिभिल इन्जिनियर पढाइरहेकी छिन् भने अन्य छोराछोरी गाईघाट बजारमा नै अध्ययनरत छन् तरकारीको बजार मूल्यमा एकरुपता नहुनु र भारतीय सस्तो विषादीयुक्त तरकारीले कहिलेकाहीं दःुख लाग्ने गर्छ ।
प्रितीको सफलताको मूल रहस्यमा महुलि लघुवित्तको सहयोग, उनको कडा मेहनत, र परिवारको सहयोग प्रमुख छन् । प्रिती भन्छिन् ”देशका तीनै तहका सरकारले कृषि व्यवसाय गर्ने कृषकलाई समयमा मलखाद, उचित बजार मूल्य र बजार व्यवस्थापनको लागि पहल गरिदिए अझ राम्रो हुने थियो ।”
यस सफलताको यात्रामा महुलि लघुवित्त वित्तीय संस्थाले दिएको सहयोगप्रति प्रिती कृतज्ञ छिन् । प्रितीको कहानीले लैङ्गिक समानता र महिला उद्यमशीलताको महत्वलाई उजागर गर्दै प्रेरणादायी उदाहरण प्रस्तुत गर्दछ ।

Find Us Here

QUICK LINK
Emi Calculator






Foreign Exchange Rate
Currency Buy Sell
Australian 78.37 78.79
Bahrain Dinar 294.33 295.93
Canadian Dollar 83.08 83.53
Chinese Yuan 16.54 16.63
Danish Kroner 16.80 16.89
Source : www.nrb.org.np More

Copyright © All rights reserved.

Powered By: Amsoft Technologies