
रेशमा खातुन
रेशमा खातुनको संघर्ष र साहसको कथा एउटा प्रेरणादायक उदाहरण
रेशमा खातुनको संघर्ष र साहसको कथा एउटा प्रेरणादायक उदाहरण हो जसले देखाउँछ कसरी कठिनाइ र असहयोगको बावजुद पनि अठोट र मेहनतले सफलता प्राप्त गर्न सकिन्छ ।
रेशमा घोराही दाङको महुली लघुवित्त वित्तीय संस्था लि.को केन्द्र नं.४३मा आवद्ध एक साहसी महिला हुन् । अहिले उनी कस्मेटिक पसल चलाउँछिन् तर उनको यात्रा निकै चुनौतीपूर्ण थियो । उनका श्रीमान गम्भीर विरामी भएपछि आर्थिक समस्या र्पयो, आफन्त, नातागोता, र छरछिमेकबाट असहयोग मात्र होइन, उनीहरूको उपेक्षा पनि सहनु पर्याे।
त्यस कठिन घडीमा, मुस्लिम समुदायको महिला भएर पनि रेशमाले समाजको र्वुका र घोम्टोको पर्खाल तोड्दै व्यवसाय सुरु गरिन् सुरुवाती दिनहरू निकै कठिन थिए । महिला भएर, त्यो पनि मुस्लिम समुदायको महिला भएर व्यवसाय सुरु गर्दा समाजका विभिन्न दबाब र चुनौतिहरूसँग जुध्नुपरेको उनको अनुभव छ । तर, उनी आफ्नो लक्ष्यप्रति अडिग रहिन् ।
श्रीमानको उपचार पछि, श्रीमानले मोटरसाइकल ग्यारेज सञ्चालन गर्न थाले भने रेशमाले आफ्नो कस्मेटिक पसल विस्तार गरिन्। उनी अहिले कस्मेटिक सामग्रीसँगै डल, कुसन, सजावटका सामानहरू बनाउने, सिलाई कटाई गर्ने र चटपटे विक्रि गर्ने काम पनि गर्छिन् ।
रेश्माको यो सफल यात्रामा महुली लघुवित्तशाखा कार्यालय घोराही,दाङको ठूलो योगदान छ । संस्थाले उनलाई विगतमा विना धितो ६०,००० र हाल तीन लाख रुपैयाँ कर्जा उपलब्ध गराएको छ, कर्जाको मद्दतले रेशमाले आफ्नो व्यवसायलाई नयाँ उचाईमा पुर्याएकि हुन् ।
रेशमा भन्छिन् परिश्रम तथा मेहनतले नै सफलता पाउन सकिन्छ । उनको जीवनको यो संघर्ष र सफलता हामी सबैका लागि प्रेरणाको स्रोत हो।